• २०८२ जेष्ठ १ गते बुधवार

बुद्द एयरले कोलकाता उडान बन्द गर्ने

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० ,काठमाडौँ  । भारतका दुई शहरलाई अन्तर्राष्ट्रिय उडान गन्तव्य बनाएर उडान गर्दै आएको बुद्द एयरले कोलकाता उडान बन्द गर्ने भएको छ ।

कोलकाता उडान शुरु गरेको ६ महिनामै रु १० करोड भन्दा बढी नोक्सान भएपछि उडान बन्द गर्ने तयारी गरिएको बुद्द एयरले जनाएको छ । सो एयरका बजार व्यवस्थापक रुपेश जोशीले यही मङ्सिर १६ गते कोलकाता उडानको अन्तिम दिन हुने जानकारी दिए ।

नेपालबाट कोलकाता उडान राम्रो भए पनि कोलकाताबाट नेपाल आउने यात्रुको सङ्ख्यामा वृद्धि हुन नसक्दा भ्रमर्ण वर्षको सङ्घारमा उडान बन्द गर्नु     परेको बुद्ध एयरले जनाएको छ ।

कोलकाता उडान बन्दका लागि बुद्धले नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र भारतको सिभिल एभिएसनलाई सूचना गरिसकेको जनाएको छ । बुद्ध एयरले गत जेठ १३ गतेदेखि एटिआर ७२-५०० विमानबाट काठमाडौँ-कोलकाता उडान शुरु गरेको थियो । सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार गरी ६ महिनामा १५० उडानमार्फत ६ हजार यात्रुलाई सेवा प्रवाह गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस