• २०८१ चैत्र ३ गते सोमवार

बानेश्वरको दुर्घटनामा संलग्न बस र चालक रामेछापमा पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० ,काठमाडौं । आइतबार बिहान नयाँ बानेश्वरको दुर्घटनामा संलग्न बस र चालक पक्राउ परेका छन् । बसका चालक भक्तपुरको सूर्यविनायक बस्ने बुद्धिबहादुर कोजु सोमबार रामेछापमा पक्राउ परेका हुन् ।

आइतबार बिहान मनिर्ङवाकमा निस्केका डाक्टर प्रभु जोशीलाई बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीले नयाँ बानेश्वरमा रहेको सीसीटीभी फुटेजको सहयोगमा घटनामा संलग्न बा ३ ख ६१४ नम्बर यात्रुबाहक बस पहिचान गरी सो बसका चालकलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । कोजुलाई काठमाडौं ल्याएको पनि उनले बताए ।

जोशीको घटनास्थलमै मृत्यु भएपनि घटनामा संलग्न सवारी र चालकको पहिचान हुन सकेको थिएन् ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले सीसीटीभी फुटेज जाँच गर्दा ठक्कर दिने गाडी पहिचान भएको थियो ।

सोही गाडीको पिछा गर्दै जाँदा गाडीसहित चालकलाई रामेछापमा पक्राउ गरिएको हो । घटना घटेपछि सो बस नयाँ बसपार्क, भक्तपुर, काभ्रे हुँदै रामेछाप पुगेको थियो । घटनाको विस्तृत अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस