.सागर थापा /देविराम कुसारी
पश्चिम दाङ, मसिंर १० । ‘ चौरासी पुजा गरेको छैन बाबु, केशवले जिते चौरासी हुनेथियो ।’ पञ्चकुलेका ८३ वर्षीय कविराम भण्डारीले काँग्रेसका उमेदावर केशबराज आचार्य प्रतिको मोह चाउरी परेमा हात देखाउदै पोखे– आफै यीनै हातले रुखमा भोट हाल्नेहुँ ।
आफुले केशवराजका सबै आनीवानीलाई नजिक वाट थाहापाएको वताउने भण्डारीले केशबराजलाई अनुशासनका प्रतिमुर्ती, शालिनताका प्रतीक भएकाे, कुनै पनि विवादमा नमुछिएका व्यक्तिलाइ जिताउने ठुलाे रहर भएकाे वताउनुभयाे । “केशव पवित्र मनका छन् उनिलाई जिताय म बुढाे पनि पुण्य हुनेथिए ।” भण्डारीले प्रतिप्रश्न गरे -लाै हजुर भन्नुत बाबू केशव भन्दा राम्राे उमेदवार काे छ ? पश्चिम दाङका जेष्ट नागरिकले काँग्रेसका उमेदवार केशवराज अाचार्यलाई अास्थाका रुपमा पनि लिने गरेका छन् ।
बाहुनकाे छाेरा भएर पनि चाैधरी भाषा दुरुस्त वाेल्ने, दलितकाे घरमा अानन्दले खाने, माछामासु मादक पदार्थ सेवन नगर्ने, सबै धर्मलाई सम्मन गर्ने, सर्वहाराकाे पक्षमा बाेल्दा जेलनेल खाएका लगाएतका केशवराजका राम्रा वानिमा पर्ने गर्दछन् । राजनीति अादर्श र चरित्र बुझेका व्यक्तिका रुपमा स्थापित भएकाे र सबैसंग नजिक हुने केशबकाे वलियाे पक्ष भएकाे जेष्ट नागरिकहरुकाे भनाई रहेकाे छ ।
“उहाँले मेरा घर भुइमा बसेर खाना खादा मेरै भाइ जस्ताे देखेइ छु।” केशवकाे अात्मियता प्रस्तुत गर्दै शान्तिनगर ४ जुम्लेकुदाकी ७४ वर्षिया रत्ना केसीले भन्नुभयाे -म त केशवलाई भाेट हालेरै मर्नेहुँ । यी बुढिअामाकाे मनमा केशवराजले साच्चिकै राज नै गर्नुभएकाे रहेछ । “कतै भेट्दा पनि टाढै वाट हासेर वाेलाउने, नजिक अाएर अामा भनेर सान्चाे विसन्चाे साेद्दै सुमसुम्याउने सायद मेराे छाेराले पनि कमै गरेकाे हाेला केसीले अाखा रसिला बनाउदै भन्नुभयाे – भाेट हाल्ने मात्रै हैन विजयीकाे राताे अबिर लगाइदिने ठुलाे रहर छ । केसी अामासंग कुरा गर्दैगर्दा छेउमा वसेका अर्का जेष्ट नगिरक याे पंतिकारकाे नजिक अाउनुभयाे । लाैरी टेक्दै नजिक अाएका दंगिशरण ३ का देबबहादुर डागीले पनि भन्नू भयाे – म पनि केशवलाई नै भाेट हाल्नेहुँ ।
केशव जस्ताे वपित्र मान्छेलाई जिताए अाफुले वैतर्नि समेतकाे फाल पाउने डागीले वताउनुभयाे । “हामीलाई भत्ता भन्दा सम्मान चाहिएकाे हाे त्याे केशवैसंग छ ।” अर्का जेष्ठनागरी दंगिशरणका कृष्णकुमारी अाचार्यले उत्साहित हुँदै भन्नुभयाे-केशव मेराे अाखाका नानि हुनुहुन्छ । अाफु मरेर गए पनि जनताकाे सेवा गर्ने अझ बढि जिम्वारी सुम्पिने पश्चिम दाङका जेष्ट नागरिकहरुकाे रहर रहेकाे छ । यी सबै हग्रजकाे रहर पुरा गर्नका लागि र जेष्ठ नागरिककाे सम्मानका लागि लाग्न काँग्रेस दाङ ३ ख ले सबैमा अाग्रह गरेकाे छ ।