• २०८१ पुष २९ गते सोमवार

प्रिमियर लिग फुटबल ; न्युक्यास पराजित

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० ,काठमाडौं । प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले न्युक्यासललाई पराजित गरेको छ ।

आईतबार राति भएको खेलमा एस्टन भिल्लाले न्युक्यासललाई २–० गोल अन्र्तरले हराएको हो ।  एस्टनका लागि दुवै गोल पहिलो हाफमै दुई गोल गरेको एस्टनले दोस्रो हाफमा अग्रता कायामै राखेको थियो ।

३२ औ मिनेटमा कोनोर होहरिनले फ्रिकिक मार्फत घरेलु टोली एस्टनलाई सुरुवाती अग्रता दिलाए । त्यसको चार मिनेटपछि अनवर एल गाजीले एस्टनको अग्रता दोब्बर पारेका थिए ।

भिल्ला क्लबले लगातार तीन हारको सामना गरेको छ । रेलिगेशन जोन भन्दा दुई स्थान माथि रहेको एस्टन भिल्लाले १३ खेलबाट १४ अंक जोडेको छ । न्युक्यासल १५ अंक सहित १४ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस