मंसिर १० ,काठमाडौँ । विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’को नयाँ रिलिज मिति घोषणा भएको छ ।
यसअघि सिनेमा ९ फागुन गते रिलिज हुने घोषणा गरिएको फिल्म अब माघ २४ गते रिलिज हुने भएको छ । सार्वजनिक गरिएको पोस्टरमा विराजसँगै मुख्य अभिनेत्री निकिता चाण्डकलाई देखाइएको छ ।
विराजको आफ्नै लगानीमा निर्मित फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको अभिनय छ रहेको छ ।