चितवन, १० मंसिर । चितवनमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
सोमबार राति भरतपुर महानगरपालिका-२६ खयरघारीमा ना ७ त ४७० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा नवलपरासी बर्दघाट सुस्ता पुर्वको गैंडकोटका ५५ वर्षीय खागिराम राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनापछि ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।