• २०८० चैत्र ३० गते शुक्रवार

अख्तियार अनुसन्धान आयोगले थाल्यो खाद्यमा छानबिन

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०  ,काठमाडौँ  । अखाद्य चामल प्रशोधन गरी बिक्री गर्ने तयारी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

३ मंसिरमा राजधानीमा खाद्यका कर्मचारीको चरम लापरबाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल शीर्षकमा प्रकाशित समाचारलाई लिएर अख्तियारले छानबिन सुरु गरेको हो ।

छानबिनका लागि अख्तियारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आइतबार पत्र पठाएको छ । कम्पनीलाई गोदाममा रहेको चामलको वार्षिक खरिद बिक्री विवरण र कुहिएको चामलको किसिम र परिमाण तत्काल बुझाउन निर्देशन दिएको छ ।

यसैगरी, गोदाममा मौज्दात अन्य खाद्यवस्तुको विवरण, अवस्था र भण्डारण गरिएको खाद्यवस्तुको गुणस्तर प्रमाणपत्रसहित उपलब्ध गराउन अख्तियारले निर्देशन दिएको छ । आवश्यक कागजपत्र तत्काल नबुझाए कारबाही गर्ने अख्तियारको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस