मंसिर १०, काठमाडौँ । एक भारतीय युवतीको अमेरिकाको सिकागोमा यौनदुर्व्यवहारपछि घाँटी थिचेर हत्या गरिएको छ ।
शनिबार भारतको हैदरावादकी १९ वर्षीया रुथ जर्जको मृत्यु भएको हो । युनिभर्सिटी अफ इलिनोइसमा अध्ययन गर्ने उनको शव विश्वविद्यालय नजिकै एक कारको पछाडिको सिटमा फेला परेको थियो । शव परीक्षण गर्दा उनको घाँटी थिचेर हत्या भएको पुष्टी भएको छ ।
शुक्रबार एक युवाले क्याम्पसदेखि रुथलाई पछ्याउँदै आएको सिसिटिभी फुटेजमा देखिएको छ । सोही आधारमा प्रहरीले रुथको हत्या अभियोगमा आइतबार २६ वर्षीय डोनाल्ड थरम्यानलाई पक्राउ गरेको छ । अभियुक्त थरम्यानले आरोप स्वीकारिसकेको प्रहरीले जनाएको छ ।