• २०८२ बैशाख २९ गते सोमवार

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना

पढ्न लाग्ने समय : ३ मिनेट

विमल भट्टराई /ईन्दिरा विश्वकर्मा,सुनवल

कार्तिक ८, नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीले चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्राको क्रममा निम्तिने संभावित दुर्घटनालाई मध्यनजर गरी यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले गत बर्षको तुलनामा सवारी र्दुघटना न्युनिकरणको लागी जिल्लाका ६ ओटा टाफिक प्रहरी पोष्ट अन्र्तगतका अस्ताई टाफिक प्रहरी पोष्ट सुनवल, टाफिक प्रहरी कार्यालय परासी, टाफिक प्रहरी पोष्ट महेशपुर, टाफिक प्रहरी पोष्ट बेलाटारी ,टाफिक प्रहरी पोष्ट बर्दघार्ट र जिल्ला ट्राफिक प्रहरी कार्यालय गरी ६ ओटा स्थानबाट दैनिक टाफिक चेकिङ, सचेतनामुलक कार्यक्रय, विद्यार्थी तथा चालकहरुलाई सडकमै पशिक्षण कार्यक्रम प्रदान गर्दै आईरहेको छ ।

भण्डारीका अनुसार पछिल्लो समय सवारी साधनको अत्यधिक बृद्धि भईरहेको छ , तर सडक उहि भएका कारण विगतको सवारी चापलाई हेरेर बनाईएको सडकहरुलाई स्तरउन्नती र आवश्यक मर्मत संभार नगरिदा सवारी साधन दुर्घटना न्युनिकरण नभएको पाईएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७६ र ७७ मा जिल्लाको ३२.५ किलो मिटर भित्री सडक खण्डमा ३२ ओटा र्दुघटना भएका छन् । जसमध्ये ७ जना पुरुष र २ जना महिलाले ज्यान गुमाएका छन् । यस्तै गम्भिर घाईतेमध्ये पुरुष २४ जना, महिला ६ जना , १ जना बालक र १ बालिका गरी ३२ जना रहेका छन् भने सामान्य घाईते तर्फ पुरुष १५ जना र महिला २ जना रहेका छन् । यस्तै र्दुघटनामा परी ७ चौपायाको मृत्यु भएको छ भने १ घाईते भएको छ ।

गत आर्थिक बर्ष २०७५र७६मा १ सय ६ ओटा र्दुघटना मध्ये ५४ जना पुरुष,७ जना महिला, १ बालक र ४ बालिका गरी ६६ जनाको मृत्यु भएको थियो । गम्भिर घाईते तर्फ ५० जना पुरुष,१४ जना महिला र ४ बालक गरी ६८ जना रहेका थिए भने सामान्य घाईते तर्फ ३० जना पुरुष, ९ जना महिला र १ बालक गरी ४० जना सामान्य घाईते भएका थिए ।

यस्तै आर्थिक बर्ष २०७४र७५मा १ सय ५ ओटा र्दुघटनामध्ये ५६ जना पुरुष , ९ जना महिला र १ बालक, ३ बालिका गरी ६९ जनाले ज्यान गुमाएका थिए । यस्तै गम्भिर घाईते तर्फ ६६ जना पुरुष,१९ जना महिला,२ बालक र २ बालिका गरी ८९ जना रहेका थिए भने पुरुष ४० जना, महिला १० जना, २ जना बालक गरी ५२ जना सामान्य घाईते भएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७४र७५ र आर्थिक बर्ष २०७५र७६ को भन्दा संख्यात्मक रुपमा आर्थिक बर्ष २०७६ र ७७ मा दुर्घटनाको क्रम घट्ेको छ ।

जिल्ला टाफिक कार्याल नवलपरासीले केहि हद सम्म सवारी दुर्घटना न्युनिकरण गरेको भएतापनि सोचे अनुरुप नभएको जिल्ला ट्राफिक कार्यालय प्रमुख भण्डारीले बताउनुभएको छ । सवारी साधनको ब्यवस्थित आयातमा जिम्मेवार निकायले जिम्मेवारी बहन गर्ने हो भने, सडकको मापदण्ड अनसारको सवारी चापलाई वैज्ञानिक तवरले सञ्चालन गरिएको खण्डमा धेरै नै दुर्घटना न्युनिकरण हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस