• २०८० चैत्र १६ गते शुक्रवार

रोल्पाका सनी विश्वकर्मा बने पहिलो ‘आईएमई लोकस्टार’, जिते ५० लाख

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौं । सनी विश्वकर्माले ‘आईएमई लोकस्टार’को उपाधि जितेका छन् ।

पहिलो संस्करणको उपाधिसँगै रोल्पाका साढे सत्र वर्षीय सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन् ।

चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन् ।

यसैगरी रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार प्राप्त गरे ।

शुक्रबार साँझ प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा भएको ग्र्याण्ड फिनालेमा पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जिते ।

प्रतिक्रिया दिनुहोस