कात्तिक ९, काठमाडौं । तारकेश्वर नगरपालिका मा रहेको लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको “महिला र पुरुषको समान सहभागिता, हिंसा रहित समाज आजको आवस्यकता” भन्ने अभियानका साथ स्मारिका बिमोचन र शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकामा रहेका ११ वटै वडा समेटेर लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको स्थापना गरिएको हो । कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको स्मारिका बिमोचन समेत गरिएको थियो । स्मारिका बिमोचन प्रमुख अतिथी महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा र प्रदेश सांसद योगेन्द्र सङ्गौलाले समुक्त रुपमा गर्नु भएको थियो । प्रमुख अतिथी थापाले कार्यक्रमको पानसमा बत्ति बालेर उद्घाटन गर्नु भएको थियो ।
देबिना कार्की राना (बिना)को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्यव्य सञ्जालका सदस्य नारायण सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा तारकेश्वर न.पा वडा नं २ का अध्यक्ष रबिन्द्र के.सी, वडा नं ११ का अध्यक्ष बिन्दा बुढाथोकी, सञ्जालका रामेश्वर देवकोटा, बालाजु प्रहरी प्रमुख बालनरसिंह राणा, नेकपा तारकेश्वरका संयोजक लबकुमार बस्नेत, प्रदेश सांसद योगेन्द्र संगौला, प्रतिनधिी सभा सांसद भिमसेनदास प्रधान र प्रमुख अतिथी थापाले दिपावलीको शुभकामना साथै लैङ्गिक हिंसाका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा लैङ्गिक हिंसा सञ्जाललाई स्थापनाकाल देखि सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।