.(सागर थापा)
कात्तिक ९,दाङ । दाङ प्रहरीले तिहारको मुखैमा बरामद गरेकाे १२ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
वडा प्रहरी कार्यालय घोराहीले घोराही उपमहानगरपालिका विभिन्न स्थानहरुबाट संकलन गरेको एक हजार दुई सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले अवैध घरेलु मदिरा घोराही उपमहानगरपालिका–१७ को पनौरास्थित कटुवा खोलामा खाडलमा नष्ट गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराई, घोराही उपमहानगरपालिका वडा नम्बर १५ वडा अध्यक्ष १४ वडा अध्यक्ष लगायतकाे उपस्थितिमा अवैध घरेलु मदिरा नष्ट गरिएको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख शशी शर्माले जानकारी दिए यस अघि पनि घाेराहीका विभिन्न स्थानबाट बरामद गरिएका अवैध मदिरा साे क्षेत्रमा नष्ट गरिएकाे थियाे