• २०८१ फाल्गुन २ गते शुक्रवार

१४ बर्षीया बालिका गर्भवती बनाएको आरोपमा ६५ बर्षीया बृद्ध पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, नवलपरासी । पूर्व–नवलपरासीको प्रहरीले एक १४ बर्षीया  बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको  जिल्ला प्रहरी प्रमुख एसपी  मोहन पोखरेलले जानकारी दिए ।

घलेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको र अदालतमा म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।

उनका अनुसार  ती बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको  छ ।

प्रतिक्रिया दिनुहोस