असोज ९ बुटवल । रुपन्देहीमा रिलायन्स सिमेन्ट एक कर्मचारी लुटिएका छन् । भैरहवा लुम्बिनी सडकखण्डको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट कम्पनीमा कार्यरत अनिश त्रिपाठी बिहीबार दिउँसो लुटिएका हुन् ।
दुई जनाको समूहमा आएका लुटेराले उनको साथमा रहेको ६ लाख रुपैयाँ लुटेर फरार भएका प्रहरीले जनाएको छ । रिलायन्स सिमेन्ट उद्योगको भैरहवा कार्यालयबाट उद्योगतर्फ मोटरसाईकलमा जाँदै गर्दा त्रिपाठीलाई हेलमेटले टाउकोमा प्रहार गरि रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।