• २०८१ माघ २६ गते शनिवार

अवैध लागूऔषध सहित युवती पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ९ मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट बिहीबार पर्साको पटेर्वा सुगौली नगरपालिका-१ की २४ वर्षीया गीता राईलाई अवैध लागूऔषध चरेशसहित प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले काठमाडौँबाट धरान जाँदै गरेको बा ४ ख ८०६० नम्बरको बसमा चेकजाँच गर्दा राईको साथबाट ५ केजी लागूऔषध चरेस बरामद भएको जानकारी दिए ।पक्राउ राई माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस