आश्विन ९ काठमाडौँ, । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले बिहीबार सभापति देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता गर्नुभएको छ ।
सभापति देउवाका सहयोगी भानु देउवाले भेटवार्तामा समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको जनाएका छन ।द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशैंदेखि विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउने लगायत विषयमा छलफल भएको जनाइएको छ ।