• २०८२ बैशाख ४ गते बिहिवार

लागूऔषध सहित प्रहरी कर्मचारी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, सप्तरी । सप्तरीबाट लागूऔषधसहित इलाका प्रहरी कार्यालय, लहानमा कार्यरत कार्यालय सहयोगी अरुण राउत लागूऔषध नाइट्राभेटसहित जिल्लाको तिलाठी–कोइलाडी गाउँपालिकाबाट पक्राउ परेका हुन् ।

तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडि चेकजाँच गर्ने क्रममा उनको साथबाट नाइट्राभेट ७५ थान फेला परेको प्रहरीले जनाएको छ । उनी राजविराज नगरपालिका-६ का बासिन्दा हुन् ।उनलाई जिल्ला अदालत, सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस