• २०८२ बैशाख ४ गते बिहिवार

यस्तो हुँदैछ पोखरामा सागको तयारी

पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, पोखरा । दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगीताको तयारी पोखरामा तीव्र गतिमा भइरहेको छ । मंसिर १५ देखि सुरु हुने प्रतियोगीताका २७ खेलमध्ये ७ खेल पोखरामा हुने छन् ।

अहिले भौतिक पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । जसमा  फुटबल मैदानको ६० प्रतिशत काम सकिएको छ ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिश ताम्राकारका अनुसार फुटबलको प्यारपिट र ग्राउन्ड स्ट्यान्डका लागि भारतबाट सामान मगाइएको छ ।  अन्य काम पनि तीब्र गतिमा भइरहेको उनको भनाई छ ।

साग खेल मध्ये पोखरामा महिला फुटबल, ह्यान्डबल, प्याराग्लाइडिङ, ट्रयाथलन, आर्चरी, भारत्तोलन र भलिबल प्रतियोगीता हुनेछ । क्रिकेट प्रतियोगीता समेत हुने भनिएपनि निश्चित नभएको इन्जिनियर ताम्राकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस