• २०८२ बैशाख ४ गते बिहिवार

चाडपर्वलाई लक्षित गरी बाँके ट्राफिक द्वारा विशेष सुरक्षा योजना सार्वजनिक

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा/महेन्द्र सिंह

असोज ०९, बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित ट्राफिकले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको छ ।

चाडपर्वमा हुनसक्ने ठगी नियन्त्रण र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरिएकाउ जिल्ला ट्राफिक प्रहरी बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले बताएका छन । भीडभाड हुने स्थल र टिकट काउन्टरहरुमा हुन सक्ने ठगी तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोशाकमा प्रहरी परिचालन गरी निगरानी गरिने छ । बाँके जिल्लाका मुख्य सडक र महेन्द्र तथा रत्न राजमार्गमा मापसे चेकिङमा कडाइ गरिने छ’ उनले भने, ‘प्रत्येक एरियामा दैनिक चार पटक मापसे चेकिङ हुन्छ ।’ नेपालगन्ज कोहलपुर र खजुरा क्षेत्रबाट बाहिरिने नाका तथा अन्य स्थानहरुमा सम्पूर्ण सवारी साधनहरुको मापसेसहितको सम्पूर्ण चेकजाँच हुने प्रहरी निरीक्षक बमले बताएका छन ।

मापसे चेकिङको लागि केन्द्रबाट समेत निर्देशन आइसकेको छ उनले भने ‘शहरमा मात्र सीमित नभएर नाका र गाउँमा समेत मापसे चेकिङ हुन्छ ।’ ट्राफिक सुरक्षा योजनामा लामो दुरीका सवारी साधनमा २ जना चालक अनिवार्य रुपमा भएरनभएको प्रविधिबाट हेरिने उल्लेख छ ।

दुई जना चालक भए नभएको ट्राफिक प्रहरीको एप्सबाट हेरिने छ । सवारी साधनभित्र यात्रुले देखिने गरी भाडा दररेट टाँस गर्ने र अनिवार्य गराउने उनकोे दावी छ । मोटरसाइकल चालकले हेल्मेट नलगाउने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोट, सवारी चलाउने अन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने उनले बताएका छन।

नाका, व्यापारिक क्षेत्रहरु भीडभाड तथा बसपार्क एरियामा थप जनशक्ति परिचालन गरिने छ । बमका अनुसार सबै स्थानमा नियमित ड्युटीका लागि दशै अवधीभर ६५ जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी खटिने छन् । चाडपर्वको समयमा आबश्यकताअनुसार अतिरिक्त थप प्रहरी खटाउन सकिने र यसका लागि प्रहरी जनशक्ति तयारी अवस्थामा रहने बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।

६ स्थानमा यात्रु सहायता कक्ष प्रहरी निरीक्षक बमका अनुसार बाँकेमा ६ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ । नेपाल भारत सीमा क्षेत्र जमुनाह, नेपालगन्ज बसपार्क र कोहलपुर बसपार्कमा स्थायी यात्रु सहायता केन्द्र हुनेछन् । चप्परगौडी, पुस्पलालचौक र कोहलपुर चौराहमा अस्थायी यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरी निरीक्षक बमले बताए ।

ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवस्था विभागका प्रतिनिधि, यातायात व्यवासयी, उपभोक्ता समूहका प्रतिनिधिहरु ट्राफिक भोलियन्टरको रूपमा नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा खटिने समेत बमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस