• २०८१ जेष्ठ १० गते बिहिवार

लुटेराहरुलाई प्रहरीले गोली हानेर समात्यो

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन ९ जनकपुर, । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा बिहीबार विहान करिब साढे ३ बजे पसलको सटर फोडेर लुटपाट गर्न लाग्दा चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना रौतहटका बासिन्दा छन् । भारत विहारको सितामढीमा पर्ने इसलामपुरका ४० वर्षीय मो। इलियास, सितामढी बर्गेनीका ३९ वर्षीय उजिर अन्सारी, रौतहटको वृन्दावन नगरपालिका घर भएका ३५ वर्षीय गगन पटेल र गौर नगरपालिका ४ का ४५ वर्षीय बिनोद प्रसाद सिंह पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट हतियार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।प्रहरीले चलाएको गोली एक जना लुटेराको खुट्टामा लागेको छ । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस