- सागर थापा
असोज ०९,दाङ । दाङमा POLICE OF THE MONTH” बाट जिल्ला प्रहरि कार्यालय दाङका प्रहरि सहायक निरिक्षक युबराज गौतम सम्मानित भएका छन ।
प्रदेश ५ का प्रहरि प्रमुख डिआइजि सुरेश बिक्रम शाहले गौतमलाई सम्मान गरेका हुन । नेपाल प्रहरीको निर्देशन अनुरुप आफूलाई दिइएको जिम्मेवारी पूर्णरूपमा लगनशील तथा कर्तव्यनिष्ट रही पुरा गरेको संगठीत प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गरी संगठनको उदेश्य प्राप्त गर्ने कार्यमा आफू र मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारीरुपमा परिचालन गर्दै आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्य गरेको हुँदा ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङ दरबन्दीका प्रहरी सहायक निरीक्षक युवराज गौतमलाई कदर स्वरुप २०७६ साल “भाद्र महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH)बाट गौतम सम्मानित भएका हुन ।
बुधबार ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा कार्यक्रमको आयोजना गरि ५. नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले सम्मानका साथ प्रशंसा पत्र प्रदान गर्नु भएको हो ।