- बुद्धिमान वली
असोज ०९,रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष भरत बहादुर बुढामगरद्वारा बागेश्वरी माध्यामिक बिद्यालय भावाङमा आफ्ना स्वगीय बुवा चन्द्रसिङ बुढामगरको नामबाट असी हजार आठ सय असी रुपिया असी पैसा नगदको ‘चन्द्रसिङ स्मृति अक्षयकोषको स्थापना गर्नुभएको छ ।
बुधबार बसेको बिद्यालयको अभिभावक भेलामा बिद्यालयमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि यस्तो अक्षयको स्थापना गरेको वडा अध्यक्ष बुढामगरले बताउनुभयो । शिक्षामा फराकिलो सोच बनाउन र शिक्षालाइ महत्वका साथ हेर्न सबैलाइ प्रेरणा प्राप्त होस र बिद्यार्थीलाई गुणस्तरीय शिक्षामा लागानी रहोस भन्ने हेतुका साथ स्थापना भएको अक्षयकोषबाट प्रत्यक्ष बिद्यालय र बिद्यार्थीमा सहयोग पुग्नेमा समेत उहाँले आशा व्यक्त गर्नुभएको थियो । यसैबीच बिद्यालयमा ‘बागेश्वरी माध्यामिक बिद्यालय अर्थिक सहयता कोष‘ नामको साहयता कोष समेत बुधबारको अभिभाभक भेलामा उद्घाटन गरिएको छ ।
कोषमा बुधबार नै ३ लाख ०५ हजार ७ सय ६८ रुपिया रकम संकलन भैसकेको छ । कोषमा सबैभन्दा बढी वडा अध्यक्ष भरत बहादुर बुढामगरको ८० हजार रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माडी ५ भावाङका अध्यक्ष तेजेन्द बुढामगरले पचास हजार पाँच सय पचास घोषणा समेत गरिएको छ ।
बिद्यालयमा अक्षयकोष र साहयता कोष स्थापना भएपछि अभिभाभकहरुले खुसी व्यक्त गरेको थिए । ५ नम्बर वडाको एक मात्र माध्यमिक बिद्यालयलाइ शिक्षामा अव्वल बिद्यालय स्थापना गर्नको लागि गम्भीर छलफल हुनाकै साथै दशै तिहारमा सर्बपक्षीयलाइ समेटेर देउसी,भौलो खेल्ने निर्णय समेत निर्णय गरेको छ ।