• २०८१ जेष्ठ १० गते बिहिवार

मोटरसाइकलमा सवार ८४ वर्षीय बृद्धको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ९, गुल्मी । गुल्मीको गुल्मीदरवार गाउँपालिकामा मोटरसाइकल पछाडि बसेर सवार एकजना बृद्धको ज्यान गएको छ । मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । सो गाउँपालिका वडा नम्बर ६  चारपालाका  ८४ वर्षीय बृद्ध द्रोणनाथ कँडेलको सोह्र गाउँको चिलाउने पोखरामा लु २७ प ७३९० नम्बरको मोटरसाइकलबाट खसेर ज्यान गएको हो ।

घम्भीर घाईते भएकै कारण उनको उपचारका क्रममा श्रृङ्गा प्राथामिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए । मोटरसाइकल चालक ३२ वर्षीय बिष्णु विकलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस