भाद्र ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू फेटा घुस रकम सहित नियन्त्रणमा परेका छन् ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गाँउ कार्यपालिकाको कार्यालय, बारामा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटक-पटक घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा मकवानपुरबाट खटिई गएको थियो ।
सो टोलीले निज लेखापाल जयसिंह राय थारूले सेवाग्राहीसँग रू.२५,०००।–(पच्चीस हजार) घुस वापतको रकम लिइसकेको अवस्थामा कलैया भान्साघर कलैया बाराबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिई निजसँग अनुसन्धान भइरहेको छ ।