भदौ ९, काठमाडौं । अखिल नेपाल पेट्रोलियम मजदुर संघका (पूर्व माओवादी निकट) मजदुरहरुले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने चेतवानी दिएका छन् ।
उनिहरुले आजले विज्ञप्ती निकाल्दै श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने चेतवानी दिएका हुन । अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव पोख्ररेको हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै ११ सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको हो ।
सम्पूर्ण पेट्रोलपम्म समाजिक सुरक्षा कोषमा सुचिकृत हुन पर्ने, मजदुरलाई नियमित रोजगार सम्झौता गरेर मात्र काममा लगाउनु पर्ने, काम सुरु गरेको मिति देखि नै लागु हुने गरि तलवको १०५ रकम सञ्चय कोषमा जम्मा गर्नु पर्ने, सात लाख वरावर दुर्घटना र एक लाख वरावर औषधि उपचारको विमा गर्नु पर्ने, २०७५ श्रावन १ गते देखिनै लागु हुने गरि न्युनतमा पारिश्रमिक १३ हजार ४ सय ५० कायम हुनु पर्ने, न्युनतम तलव भन्दा वढि खाईपाई आएको तलवमा रु ३ हजार ७ सय ५० बृद्धि गर्नु पर्ने, प्रत्यक महिना तलवको ८.३३ ५ रकम उपदान वापतको रकम दिनु पर्ने, आठ घण्टा भन्दा वढि काममा लगाउदा ओभरटाईमको सुविधा हुनु पर्ने लगायतको माग रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्ती