• २०८१ फाल्गुन ७ गते बुधवार

गजल : धरहराकै माया ममतामा गढेका छौ हामी

पढ्न लाग्ने समय : १ मिनेट
  • धुब्र प्रसाद गजुरेल

 

कलमबाट युध्द चलाइ अघि बढेका छौ हामी
कयौ पटक चिप्लीएर पनि लढेका छौ हामी

नाकाबन्दीलाइ निस्तेज पार्न पर्दछ भनेर
कलम बाटै ड्रोन बनाएर उढेका छौ हामी

भूकम्पले धरहरालाइ पुरै नष्ट गरीदीए पछी
अभियान चलाएर छिडि चढेका छौ हामी

 

सारा नेपालीहरुको माया र ममताले गर्दा
सिलन्यासकै दिन कविता पढेका छौ हामी

धरहरालाइ संसारभर चिनाउँनलाइ भन्दै
धरहराकै माया ममतामा गढेका छौ हामी

तारकेश्वर नगरपालिका-३, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस