• २०८२ बैशाख ६ गते शनिवार

चीनको ग्वानझाउ प्रान्तमा बस पल्टियो, ७ को मृत्यु, ११ घाइते

पढ्न लाग्ने समय : १ मिनेट

एजेन्सी । चीनको दक्षिण भागमा पर्ने ग्वानझाउ प्रान्तको एक राजमार्गमा बस पल्टिँदा सात सर्वसाधारणको मृत्यु भएको छ ।यस दुर्घटनामा परी ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय समयानुसार सोमबार मध्यरातमा उक्त दुर्घटना भएको थियो ।यस बसमा ४७ जना सवार रहेका थिए । छ जनाको घटनास्थलमा नै मृत्युु भएको अन्य एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको छ । दुर्घटना हुनुको कारण भने थाहा भएको छैन ।

प्रतिक्रिया दिनुहोस