• २०८२ बैशाख ७ गते आइतवार

हजारौंले चलाए अभियान मेरो दस वर्ष ओलीलाई

पढ्न लाग्ने समय : २ मिनेट

भदौ ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला नियमित स्वास्थ्य परिक्षणका लागि सिंगापुरमा हुनुहुन्छ । मिर्गौलामा एन्टीबडीको मात्रा बढी देखिएपछि उहाँको प्लाज्मा फेरेसिस विधिबाट उपचार भइरहेको छ । यता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति चिन्ता र चासो देखाउने युवा जमातले भने सामाजिक सञ्जालमा एउटा अभियान शुरु गरेका छन् । ‘आजलाई हैन भोलीलाई, मेरो दस वर्ष ओलीलाई’–  ‘ओली भिजन, होली भिजन ।’

विकास र समृद्धीको लक्ष्य लिनुभएका प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गदै युवा जमातले आफ्नो उमेरको १० बर्ष प्रधानमन्त्रीलाई होस् भन्ने अभियान चलाएका हुन । नेकपा निकट राष्टिय युवा संघका नेता किरण पौडेलले भने– यो अभियान त्यसै सुरु भएको होइन । मैले एउटा लेख फेसबुकमा सेयर गरेका थिए । सेयर गरिएको लेखमा कसैले कमेन्ट लेख्यो– ‘मेरो दस वर्ष आयु काटिएर उतै थपियोस् मिल्छ भने ।’ ‘त्यो वाक्य देखेर म प्रभावित भएँ–र ‘त्यसपछि आज हैन भोलीलाई, मेरो दस वर्ष ओलीलाई’ भन्ने फेसबुक प्रोफाइल फोटो फ्रेम बनाउने काम गरियो ।

’फ्रेम बनाएको केही घन्टामै हजारौंले आफ्नो फेसबुक प्रोफाइलमा त्यसलाई प्रयोग गरे । मेरो दस वर्ष ओलीलाई भन्ने प्रोफाइल फ्रेम फेसबुकमा छ्याप्छ्याप्ती देखिन थाल्यो । उता ट्वीटरमा पनि फेसबुकको प्रभाव देखियो र त्यस्तो अभियान चल्यो ।

तर, केही घन्टामै फेसबुकबाट अभियान बन्द भयो । हजारौं संख्यामा देखिएको फ्रेमलाई फेसबुकले रोकिदियो ।’त्यसपछि किरणको टोलीले नयाँ फ्रेम बनायो । नयाँ फ्रेम फेरि फेसबुकभरी देखिन थाल्यो । अहिले हजारौंले मेरो दस वर्ष ओलीलाई भन्ने प्रोफाइल फ्रेम प्रयोग गरिरहेका छन् ।

किरण भन्छन्– ‘केपी ओली भिजन भएका नेता हो । केपी ओलीको भिजनबाट नेपाल सुखी र समृद्ध बन्छ । यस्ता प्रधानमन्त्रीको आयु लामो होस् भनेर कामना गर्नु नराम्रो हो र ? राक्षसी प्रवृत्तिका नकारात्मक मानिसले मात्र दिर्घायु कामनाको विरोध गर्छन् । सर्वसाधारण नेपाली ओलीको साथमा छन् ।

प्रतिक्रिया दिनुहोस