भदौ ९, काठमाडौं । सिंगापुरमा उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका छन ।
नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । । प्रधानमन्त्री उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरिएको हो ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले फेसबुकमार्फत भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी दिएका हुन ।