• २०८१ चैत्र २ गते आइतवार

दुई महिलाको साथबाट गाँजा वरामद

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ९, पाल्पा । पाल्पाको प्रहरीले एक गाडीमा खानतलासी गर्दा दुई महिलाको साथबाट बुटवलतर्फ लैजाँदै गरेको अवैध लागुपदार्थ गाँजा बरामद गरेको छ ।

लु १ ख ५५४७ नम्वरको बसमा खानतलासी गर्दा  तिनाउँ गाउँपालिका–६ की २३ बर्षीया सिता बुचा र सोही स्थानकी ४० बर्षीया विना रानाको साथबाट बोरामा लुकाई राखेको ९ सय  ग्राम गाँजा  दोभान प्रहरी चौकबाट सई बालबहादुर घर्तिको कमाण्डमा खटिएको टोलीले बरामद गरेको हो ।

ती दुबै महिलालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तानसेन पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस