• २०८२ बैशाख ७ गते आइतवार

नेकपाको केन्द्रिय समितिमा चार जना थपिए

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ०९,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई पार्टी केन्द्रिय सदस्यमा मनोनयन गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेकपा सचिवालय बैठकले तत्कालीन नयाँ शक्ति नेपालबाट आएका देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रिय सदस्यमा मनोनयन गरेको हो ।

यस्तै, विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबाट आएका पदम राई र किरण राईलाई समेत पार्टी केन्द्रिय सदस्यमा मनोनयन गरिएको हो ।

नयाँ शक्ति र विप्लव नेतृत्वको नेकपाबाट आएका चारै जना नेता पूर्वमाओवादी पार्टीमै रहेका थिए । धमला र पराजुली डा. बाबुराम भट्टराईसँगै नयाँ शक्ति नेपालमा लागेका थिए भने, राईद्वय मोहन बैद्य ‘किरण’ हुँदै विप्लव नेतृत्वको नेकपामा थिए ।

प्रतिक्रिया दिनुहोस