• २०८१ जेष्ठ ११ गते शुक्रवार

वाणगंगाका नेकपा अध्यक्ष पदमुक्त, ठगी आरोप पुष्टि

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९ बुटवल । ठगीको आरोप लागेका वाणगंगा नगरपालिका, कपिलवस्तु बस्ने नेकपा अध्यक्ष विश्व कार्की कारबाहीमा परेका छन् ।नेकपाका जिल्ला नेता डम्बर शर्माले कार्कीले सरकारी जागिर लगाइदिन्छु भन्दै युवालाई ठगी गरेको पुष्टि भएकाले आइतबार जिल्ला कमिटीको बैठक बसेर कार्कीलाई पदमुक्त गर्ने निर्णय गरिएको नेकपाका जिल्ला नेता डम्बर शर्माले जानकारी दिनूभयो ।

सरकारी जागिरको प्रलोभन देखाएर कार्कीले ४५ लाख ठगी गरेको भन्दै गुल्मी र बागलुङका १२ युवाले साउन ३२ गते उजुरी गरेका थिए । रकम लिइसके पछि सम्पर्कमा नआएको भन्दै पीडितहरूले उनीमाथि कारबाही गर्न माग गरेलगत्तै नेकपा कपिलवस्तुले यसबारे छानबिन थालेको थियो ।कार्कीले शिक्षकका लागि चार लाख ५० हजार, स्वास्थ्य सेवाका लागि तीन लाख र प्रहरीका लागि दुई लाख ६० हजार रुपैयाँका दरले १२ जनाबाट ४५ लाख ३० हजार रुपैयाँ असुलेका थिए ।

कार्कीलाई यसअघि पनि विभिन्न अभियोगमा पार्टीबाट कारबाही भएको थिए । वाणगंगा नगरको अध्यक्ष बनाउँदा पनि नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । पार्टी जिल्ला अध्यक्ष निकट भएकै कारण उनीभन्दा सिनियर नेता हुँदाहुंदै कार्कीलाई जिम्मेवारी दिइएको नेता–कार्यकर्ताको आरोप रहँदै आएको छ ।कार्कीलाई कारबाही गर्दै नेकपा कपिलवस्तुले वाणगंगा नगरपालिकाको अध्यक्षको जिम्मेवारी शंकर पाण्डेलाई दिएको छ । उनी नेकपा कपिलवस्तुका जिल्ला सचिवालय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस