• २०८१ जेष्ठ ५ गते शनिवार

दैलेखीको मन जितेर जादै डिएसपी पोखरेल

पढ्न लाग्ने समय : २ मिनेट
  • भावना हमाल, दैलेख समाचारदाता

भाद्र ९, दैलेख । दैलेखबाट सरुवा भइ कञ्चनपुर जान लाग्नुभएका दैलेखका प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले एक वर्ष दैलेख बसाईको क्रममा जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन र अर्धन्यायिक निकायको प्रमुखका रुपमा भुमिका निर्वाह गरेर कञ्चनपुर जादैहुनुहुन्छ । उहाँले एक वर्ष दैलेखको बसाइँमा प्रहरीलाई शान्ति सुरक्षाको निम्ति धेरै सहयोग गर्नुभएको थियो ।

उहाँको सहयोगले पीडितहरुले न्याय पाउन सहजताका निम्ति बास्तविक पीडितहरुले ल्याएको जाहेरी दर्ता गर्ने र कानूनी कारवाही अगाडि चलाइन्थ्यो । यस क्रममा उहाँकै कार्यालयमा कार्यरत प्रहरी जवानले बहुविवाह वा सस्तोको लागि चोरीको मोटरसाइकल किन्ने प्रहरी पनि छुटेका थिएनन् । पहिले एक सयको हाराहारीमा चल्ने मुद्दा अहिले उहाँको कार्यकालमा १ सय ८५ मुद्दा चले ।

प्रहरी प्रधान कार्यालयको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम र कर्णाली प्रदेश प्रहरीको कारागारका लागि किताव अभियान र मातहतका प्रहरी चौकीका लागि स्थानीय तहसंगको समन्वयमा सामुदायिक प्रहरी गस्तीका लागि स्थानीय तहबाट मोटरसाइकल प्राप्त गर्ने कार्य डीएसपी पोखरेलकै अगुवाईमा भयो थियो ।

उहाँ आएको लगतै दैलेखमा एउटा बलबिज्याईंको घटनामा प्रहरी र अदालतमा बुझाउनुपर्छ भन्दै एक दलाली गर्ने घिउकुमारी शाहीले लिएको २१ हजार रुपैंयाँ पीडित पक्षलाई आफ्नै रोहवरमा फिर्ता गर्न लगाएर ‘बिचौलिया’ निरुत्साहित गरेका थिए ।

प्रहरी केन्द्रको सुशासन पद्धति सुधार अभियानको कुशल प्रयोगकर्ता डीएसपी पोखरेलले आफ्नो कौशलता समेत प्रयोग गरेर यी सुधारका काम थाल्नुभएको थियो । उहाँ भन्दा अगाडिका डीएसपी सरोज पौडेलले प्रहरीमा लेखिने ठाडो निवेदन प्रहरी कार्यालय आफैले लेखिदिने कार्य अहिले पनि निरन्तरता छ । डिएसपी ठाकुरप्रसाद पोखरेलको कार्यकाल दैलेखमा सकिए लगतै अहिले डीएसपी हरी ओलीे मंगलवारदेखि कार्यभार सम्हाल्न आउँदैहुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस