• २०८१ जेष्ठ १३ गते आइतवार

प्राकृतिक सुन्दरताले भरिएको तारकेश्वर नगरपालिका

पढ्न लाग्ने समय : ६ मिनेट
  • खिमराज गिरी

काठमाण्डौमा भएका ११ वटा नगरपालिकामध्ये तारकेश्वर नगरपालिका प्राकृतिकरुपले सुन्दर नगरपालिका, हो । देसका विभिन्न ठाउँबाट वसोवास गर्न विभिन्न किसिमका मानिसहरुको जमघट भएको नगरपालिका हो तारकेश्वर नगरपालिका । यस नगरपालिकाले शैक्षिक तथा स्वास्थ्य क्षेत्रमासमेत विशेष फड्को मारेको छ । शैक्षिक संस्थाहरु केहि मात्रामा व्यबस्थित तरिकाले चलिराखेको अवस्था छ भने विकासको गतिमा अगाडि बढ्ने सिलसिलामा धेरै भन्दा धेरै विकासका परियोजनाहरु अगाडि सारिएको छ ।

समग्रमा भन्नुपर्दा यहाँ बिकासको गति तीब्रताकासाथ अगाडि वढिरहेको अवस्था छ ता पनि यस नगरपालिकाले विविध समस्याहरुबाट छुटकारा भने पाएको छैन । खासगरी यहाँको मुख्य समस्या भनेको नै यातायात र सडक स्तरोन्नती, ढल, खानेपानी, सडकबत्ति, फोहर व्यबस्थापन र चोरी डकैती आदि हुन् र यसको लागि धेरै कुराहरु परिपुर्ति गर्न असहज वातावरणको सिर्जना भएतापनि जनप्रतिनिधिहरु, बुद्धिजीवीहरु, तथा समाजसेवीहरुको पहलमा स्थानीयरुपमा र केन्द्रियस्तरमा विभिन्न योजनाहरु पारी कामलाई तीव्रताकासाथ अगाडि वढाउने प्रयत्न भइरहेको कुरा केहि हदसम्म अवगत गरिदै आएको भएतापनि परिवर्तन आफैबाट शुरुभयो भने विकासको सार्थकता त्यहिबाट शुरु हुन्छ भनेजस्तै यहाँका केहि मानिसहरुको नैतिक आचरणमा सुधार गरी विकाससँग सम्बन्धित नीतिगत कुराहरुलाई सवैले आत्मसाथ गर्ने र अपनत्वको भावना सवैमा हुने हो भने विकासको गतिमा फडको मार्न कुनै आइतवार कुर्न पर्ने थिएन तर्सथ यस नगरपालिकामा भएका केहि महत्वपुर्ण समस्याहरु र यसका निराकरणका उपाएहरु निम्नअनुसार छन् :

१. यातायात तथा सडक स्तरोन्नती : हुन त यो समस्या देसैभरी नै भएको र सरकारले विगत छोटो समयमा नै देसमा भएका कयौं सडकहरुको स्तरोन्नती गरिसकेको भएतापनि कतिपया सडकहरुमा ठेकेदारहरुको लापरवाहीको कारणले गर्दा स्तरीय सडक नवनेको यर्थाथतालाई छिपाउन सकिदैन तथापी तारकेश्वर नगरपालिकाको हकमा भने भृकुटीमञ्डपबाट यस नगारपालिकाको लागि छुटने नं २३ रुटका विभिन्न प्रकारका यात्रु बोक्ने गाडिहरु प्रायजसो दैनिक विहान ५ वजेदेखि वेलुका ८ वजेसम्म चल्ने भनिएको भएतापनि समयमा गाडि नपाइने, यात्रुको खचाखच, अनियमित भाडा, केहि किचकिचे र लाचारी यात्रुहरु, यसैमा पकेटमाराको विगविगी, चालक र सहचालकको यात्रुप्रतिको व्यबहार, साँगुरा सडक, यात्रु बढि ओसार्ने होडबाजीले साँगुरा र कच्ची सडक भएता पनि केहि ख्याल नगरी बढि दुर्त गतिमा गाडी कुँदाउनाले यात्रुको ज्यान जोखिममा हुनु त एकातिर स्वाभाविक पनि छ भने अर्कोतिरु लामवगरको रुटमा कयौं पटक दुर्घटना भएर कयौं मानिसहरु अंगभंग भई कतिको ज्यानैसमेत गएको उदाहरणहरु छन् र झन यसै त साँगुरा सडक त्यसैमा प्राय ठाउँहरुमा गाडि पार्किगंस्थल बनेपछि त झन ट्राफिक जामले सडक अवरुद्ध हुन गई केहि मिनटको यात्रा पनि घण्टौ लाग्ने हुँदा यस क्षेत्रमा भएको सिन्डिकेट तोड्न र सहजता ल्याउनकोलागि स्थानिय जनप्रतिनिधिहरु, यातायात क्षेत्रका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, मानवधिकारकर्मी, पत्रकार, सुरक्षा निकाय आदिको संलग्नतामा छलफलमा जुटेर ठोस निष्कर्षमा पुग्नु नितान्त जरुरी छ ।

२. खानेपानी, नदी नियन्त्रण र ढल निकास : वढ्दो वस्ती, खोला मिचेर भवन निर्माण गर्ने प्रचलन र शहरीकरणकरणको कारणले गर्दा काठमाणडौ र भक्तपुरका प्राय स्थानहरुमा यसको समस्या नभएको होइन तथापी यस नगरपालिकामा पनि दिनानुदिन खानेपानी तथा ढल निकासमा समस्या वढ्दै गइरहेको र खासगरी लामवगरको महादेव खोलामा वर्षाको वाढी आउँदा खोलाको किनाराका घर भएका मानिसहरुले न रातको निद्रा न दिनेका भोक भनि कतिखेर घरभित्र वाढी पस्ने हो भन्ने त्रासले दिन रात विताइरहेका हुन्छन् यसको लागि पहिला गल्ती त खोलाको भाउ नराखी किनारामा घर वनाएर वस्ने घर धनीको नै हो र स्थानिय सरकारको पहलमा खोलाको किनारामा करिडोर वनाउने काम भएतापनि अझ साँघुरोे हुने स्थिति देखिएको छ र यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

३. विजुली बत्तिको पोल र जेलिएका केवल र नेटका तारहरु : ”उसै त रुप नभएकी परी, झुण्डिएर मरी” भनेजस्तो साँगुरा सडकमा जथाभावी गाडिएका विजुलीका पोलमा लथालिंग भएका अनेकथरी केवल लाइन र नेटका तारहरुले गर्दा त झन बाटोको रुपरंगै बेरुप भएको अवस्था एकातिर छ भने अर्कोतिर विभिन्न केवल लाइनका वितरकहरुको प्रतिष्प्रधाले गर्दा पैसा वटुल्न जाने तर जेलिएका तारहरुलाई राम्रोसँग सम्हाल्न नसक्दा पैदल हिडने यात्रुहरु पनि मर्कामा परेको अवस्था छ तसर्थ यसको लागि सम्न्धित निकायको ध्यान जानु जरुरी छ ।

४.फोहोर व्यबस्थापन : तारकेश्वर नगरपालिकामा भएका विभिन्न जल्दा वल्दा समस्याहरुमध्ये फोहोर व्यबस्थापन पनि एक जटिल समस्याकोरुपमा देखापरेको छ । शहरमा वस्ने शिक्षित मानिसहरुको जमात भएतापनि यस नगरपालिकामा वसोवास गर्ने कयौं मानिसहरु फोहोर व्यबस्थापनमा अनभिज्ञ हुनु, सम्बन्धित निकाय समयमा फोहोर लिन नआउ्नु, कुहिने र नकुहिने फोहोरलाई कसरी व्यबस्थापन गर्ने भन्ने सम्बन्धमा सम्बन्धित निकायले दिएको निर्देशनको पालना नगर्नाले पनि हामी फोहोरको डंगुरमा बाध्यतावस रमाएर वसेका छौं । यसको लागि सम्बन्धित निकायले समय समयमा फोहोर व्यबस्थापनमा भएको लापरवाहीको जाँच गरी प्रत्येक घर परिवारहरुलाई यस सम्बन्धमा नगरपालिकाद्धारा तालिमको व्यबस्था गर्नुपने जरुरी देखिन्छ ।

५. शान्ति सुरक्षाको चुनौती : समग्ररुपमा अन्य जिल्लाको नाकासँग जोडिएको र मुख्य राजमार्गका आसपासमा होटल र रेष्टुरेण्ट व्यबशायीहरुको बढदो व्यपारिक चापले गर्दा यहाँ विभिन्न किसिमका मानिसहरुको टाढा टाढाबाट पनि जमघट हुने र दिनानुदिन बढ्दै गइरहेको जनघनत्वको कारणले पनि को कुन र कस्तो व्यक्ति हो भन्ने कुराको पहिचान पनि झट्ट हेर्दा थाह पाउन असहज हुने हुनाले चोरी, डकैति र लुटपाटका घटनाहरु यस नगरपालिका भित्र सामान्यरुपमा भइ नै रहन्छन् तसर्थ सुरक्षाकर्मीसँगको सहकार्यतामा ”प्रहरी मेरो साथीर्” को नारालाई पनि सार्र्थकतामा परिणत गर्नको लागि कयौं पटक प्रहरी र समुदायविचमा सुरक्षा साझेदारी कार्यक्रमहरु विगतमा पनि भएका र अव पनि सुरक्षा निकायसँग समन्वय गरी प्रत्येक टोल सुधार समितिबाट केहि प्रतिनिधिहरु यस कार्यमा खटाई प्रहरीसँगको सहकार्यतामा जोड दिने हो र केहि घटना घट्नासाथ १०० मा कल गरी प्रहरीलाई खवर गर्ने बानी बसाल्ने हो भने काठमाण्डौ उपत्यकामासमेत शान्ति सुरक्षाको चुनौति पनि जटिल हुने थिएन ।

६. करको दायरामा सुधार्नुपर्ने : सम्बन्धित निकायले कुनैपनि निर्णय गर्दा हचुवाको भरमा गर्ने र जनप्रतिनिधिहरु कर्मचारीको भरमा पर्ने हो भने जनमानसमा कस्तो किसिमको नकारात्मक असर पर्नजान्छ भन्ने कुराको विचार पहिले नै पुर्याउनुपर्दछ र यहि कुरालाई मनन गरी यस नगरपालिकाका जनप्रतिनिधिहरुद्धारा आम जनताको गुनासाहरुलाई मध्यनजर राखि करको दायरामा कमि ल्याउन घरको प्रकृति हेरी वीसदेखि पच्चीस प्रतिशतसम्म कर घटाइएको र प्रत्येक व्यपारीहरुलाई पनि पसल दर्ता गर्न लगाई अनिवार्य पान नम्वर लिन लगाइएकोले यो एकदम सह्रायिन काम हुनगएको छ र यसको लागि सम्बन्धित सवै पक्ष सन्तुष्टि छन् तर गाढामा तरकारी र फलफुल वेच्ने हिड्ने व्यपारीहरुले गर्दा सडक र प्रत्येक गल्ली गल्लीहरुमा भिडभाडको स्थिति पैदा गरेकाले यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

यसरी एकातर्फ काठमाण्डौ नुवाकोट हुँदै रसुवा नाकासम्मको रमाइलो यात्रा तय गर्न सकिने सडक मार्ग पनि यहि तारकेश्र नगरपालिका भित्र स्तरोन्नति तर्फ लम्कदै छ भने अर्कोतिर राष्ट्यि बसपार्कसँग जोडिएको गंगबु वसपार्क पनि नजिक भएको हुँनाले व्यपार व्यबशायको लागि पनि मार्ग प्रशस्त खुला भएको तथ्य कसैमा छिपेको छैन न लुकेर नै बसेको छ तर जागरुकता त्यसमा मात्र छ जति छ त्यो सम्बन्धित निकायको तत्परतामा छ ।

यसको साथै सडकमा सकिन्छ भने सि.सि.टि.भि क्यामेरा जडान गर्ने, नगर प्रहरी राख्ने, सार्वजनिक जग्गाको संरक्षण गरी पार्क निर्माण गर्ने, भइरहेको वन सम्पदालाई जोगाइ खालि जग्गामा थप बृक्षारोपणका कार्यक्रमहरु लागु गर्ने, महिला शसक्तिकरणको लागि महिलासँग सम्बन्धित शीपमुलक कार्यक्रमहरुको सृजना गर्ने, कसैलाई दैविक विपत्ति परेको अवस्थामा सहयोगको लागि सामाजिक कोष स्थापना गर्ने त्यसको लागि प्रत्येक घरबाट कम्सेकम थोरै रकम संकलन गर्न सकिने गरी एउटा छुट्टै कोषको स्थापना गर्ने जसले गर्दा दुखको समयमा काम लाग्दछ, यस्तै सडक र खोलाहरु सफा राख्नको लागि बाग्मती नदी सफाई अभियान जस्तै यहाँ भएका खोलाहरुमा पनि सर सफाई अभियानको कार्यक्रम लागु गरीनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । तसर्थ समग्रमा भन्नुपर्दा रोजगारीका अवसरहरु निर्माण गर्दै केहि स्तरयुक्त शैक्षिक संस्थाहरु खोल्ने र केहि अस्पत्तालको निर्माण गनुपर्ने टड्कारो आवश्यकता देखिन्छ जसले गर्दा यहाँका बासिन्दाहरु शिक्षा र स्वास्थ्यको लागि बागवजार र शहरको केन्द्रमा नै धाउनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना नहोस् ।

  • तारकेश्वर नगरपालिका, लामवगर, समावेशी टोल ।
    ९८५११९२०८८
प्रतिक्रिया दिनुहोस