- भावना हमाल, दैलेख समाचारदाता
साउन १०, दैलेख । महिला र बालिका माथि हुने हिंसा अन्त्यका लागि महिला नेतृत्वदायिक भुमिका सम्वन्धी कार्यक्रम दैलेखमा सम्पन्न भएको छ ।
एभरेष्ट क्लब दैलेखको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति नारायण नगरपलिकाकी उपप्रमुख साबित्री मल्लले महिला तथा बालिका माथि परिवारमा न्वारनको जग बाट हिंसाले प्रसय लिने र अन्तत महिलातथा बालिकाको ब्यक्तिगत पारिवारीक सामाजिक आर्थिक तथा राजनितिक जिवनमाथि नै हिंसाले प्रभुत्व जमाउने र परिमाण स्वरुप नारीहरु समाजमा पछि पर्नेे बताउनु भयो ।
उहाले हिंसा अन्त्येका लागि महिला मिडिया कर्मिको महत्वपुर्ण भुमिका रहने समेत बताउनुभयो भने, कार्यक्रमका अन्य अतिथिहरुले समेत आ आफ्नो धारणा व्यक्त गनुभएको थियो । यस्तै एभरेष्ट क्लब दैलेखकाका अध्यक्ष दिपक शाहिले सिडिसी को पृष्ठभुमि उद्देश्य , संस्थाको दिगो पना र आबस्यकता बारे पैस्टाउदै सरोकारवाला हरुसंगको सहकार्य र सरकारी निती कार्यक्रम तथा कानुनि प्रबधान बिषयमा संस्थाले फैलाएको जनचेतना महिला तथा बालिका माथि हुने हिसा अन्ते लगाएतका बिषयमा प्रष्ट पादै नौमुले गा पा र आठबिस नगरपालिका सो कार्यक्रम गरी सकिएको र अन्य स्थानिय तहमा पनि उक्त कार्यक्रम बिस्तार गर्ने एभरेष्ट क्लब दैलेखका अध्यक्ष दिपक शाहिले बताउनुभयो ।