साउन १०, काठमाडौं । साउन ५ गते करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गर्ने क्रममा गाँजा छोडी फरार भएका काठमाडौं बौद्ध बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठलाई शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट साउन ५ गते करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गर्ने क्रममा ३५ वर्षीय पुरुष गाँजा छोडी फरार भएका थिए ।
फरार व्यक्तिको खोजी गर्ने क्रममा नुवाकोट तारकेश्वर गाउँपालिका-९ बाट स्थानीय प्रहरीको समन्वयमा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।