असार ११, काठमाडौं । ७ वर्षीय बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित मोटरसाइकल वर्कशपमा काम गर्ने रौतहट सिपरा बजार बस्ने २० वर्षीय सफरे आलमलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई ललाईफकाई वर्कशपमा लगी यौन दुर्व्यबहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।