जेठ १२, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको १४ औं गाउँकार्यपालिका बैठक आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
१४ औं गाउँ कार्यपालिकाको बैठकले केन्द्र र प्रदेशबाट प्राप्त सिलिङ वित्तिय समानिकरण र राजस्व वाडफाँड बाट प्राप्त १९ करोड ८४ लाख ९३ हजार वजेटलाई प्रत्येक वडामा आ.व. २०७६÷०७७ को योजना निर्माण गर्नको लागि ८०÷८० लाखको दरले बजेट सिलिङ निर्धारण गर्ने निर्णय गरेको छ । जस अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी लाई समेत विशेष जोड दिने बैठकले निर्णय गरेको हो ।
आ.व. २०७५÷०७६ को लागि सञ्चालन गरिएका योजनाहरु सम्झौता गर्न बाकी रहेका लाई जेष्ठ मसान्त सम्म सम्झौता गरि सक्नुपर्ने अन्यथा सम्झौता नहुने समेत वैठकले निर्णय गरेका छ । गाउँपालिकामा अति आवश्यक कार्यविधिहरु जस्तै विद्यालय अनुदान व्यवस्थापन कार्यविधि, खेलकुद व्यवस्थापन कार्यविधि, हाट वजार सञ्चालन कार्यविधि पारित गर्ने निर्णण समेत बैठकले निर्णय गरेको छ । प्रदेश सरकारबाट बहुउद्देशिय हल निर्माणका लागि विनियोजित रकमलाई बहु बर्षिय योजनाको रुपमा सञ्चालन गर्नका लागि प्रदेश सरकार सँग अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
त्यसैगरि बैकल्पिक उर्जाबाट सञ्चालित कार्यक्रमलाई सरलिकृत रुपमा सञ्चालन, गाउँ पालिका र वडा स्तरका योजनाहरुका नाम संशोधन र रकमान्तर, प्रधानमन्त्री रोजगार अन्तर्गत व्यरोजगारहरुका लागि रोजगारका लागि प्रदान गरिएको रु ३६ लाख रुपैया तत्कालै व्यरोजगारको नाम, लिष्ट तयार गरि काम सञ्चालन, आगामि २०७६÷०७७ को लागि प्रदेश सरकारसँग समपुरक वजेटको लागि सुनिलमार्ग, सुलिचौर तेबाङ मोटर वाटो र गाउँपालिकाको वसपार्कलाई प्रस्ताव, गाउँपालिकाका असाय, असक्त गरिव, व्यक्तिहरुको उपचारका लागि नियम बमोजिम राहात रकम उपलब्ध गराउने, बढ्दो कालो बजारीलाई रोक लगाउन गाउँपालिका भित्र विक्रि वितरण हुने सामानको प्रिन्टिङ मुल्य अनुसार विक्रि वितरण गर्न सम्बन्धित सवैलाई निर्देशन गर्ने निर्णय समेत गरेको गाउँ पालिका प्रवत्ता नमराज थापालाई उदृत गर्दै गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।