जेठ १२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा संगठन तीर्थराज घिमिरेलाई हत्या गरि भिडन्तको झुटो नाटक गरेकाले यस्तो नगर्न चेतावनी दिएका छन ।आफ्ना नेता तथा कार्यकर्ताको हत्या र दमनको अभियान चलाएको आरोप लगाएका छन । उनले सामान्य कार्यक्रममा हिडिरहेका युवा संगठनका कार्यकर्ता तिर्थ घिमिरे ‘राजु’लाई नियन्त्रण लिई भिडन्तको झुटो नाटक रची निर्ममतापुर्वक हत्या गरेको भन्दै बिज्ञप्ति मार्फत आफ्नो आक्रोस पोखेका छन् ।
बुधबार एक विज्ञप्ति जारिगरि जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत घोषणा गरेका छन् । विज्ञप्तीमा भनिएको छ ‘’केपी ओलीको सामाजिक फाँसीवादी सरकारका विरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको छ, भने यही अवस्थामा हाम्रो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको सर्वविधितै छ । हाम्रा नेता र कार्यकर्ताको हत्या र दमनको अभियान चलाउँदै जनतामा पैदा भएको आक्रोसलाई न्युनिकरण गर्दै आफ्नो अक्षमता लुकाउन, सामान्य राजनैतिक कार्यक्रममा हिडिरहेका युवा संगठनको कार्यकर्ता कमरेड तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिनुले यो सरकारको फाँसीवादी अनुहार नाङ्गिएको मात्र होइन कि यो सरकारले हत्याको सहारा लिएर जनमुक्ति अभियानलाई रोक्ने दुस्साहास गरिराखेको छ । उनीहरुले यस्तो दुस्सपना नदेखे हुन्छ ।’’
विज्ञप्ती मार्फत आफ्ना नेता कार्यकर्ता माथिको दमन, हत्या बिरुद्द नेकपाले देशब्यापी संघर्षका कार्यक्रमहरु पनि सार्बजानिक गरेको थियो । नेकपाले जेठ १० र ११ गते भण्डाफोर र कोणसभा तोृकेको थियो भने आज जेठ १२ गते देशव्यापी मसाल जुलुस गर्ने कार्यक्रम छ भने जेठ १३ गते भोलि नेपाल बन्दको घोषणा गरेको छ ।
यस्तो छ विज्ञप्तिको पूर्णपाठ