• २०८० मङ्सिर १९ गते मङ्गलवार

साढे २ खर्बभन्दा बढी राजश्व संकलन, शिक्षा सेवा शूल्क मात्रै ७८ करोड

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३,काठमाडौं- आन्तरिक राजश्व विभागले साढे २ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७५।७६ को ४ खर्ब ४ अर्ब २२ करोडको लक्ष्य पाएकोमा २ खर्ब ३० अर्ब ५४ करोड  रकम संकलन गरेको हो ।

विभागले आयकरतर्फ १ खर्ब २२ अर्ब ३४ करोडको लक्ष्य रहेकोमा १ खर्ब ४ अर्ब ४९ करोड संकलन गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ६२ अर्ब ६८ करोड लक्ष्यमा ५१ अर्ब ५२ करोड संकलन भएको छ । ४४ अर्ब ३१ करोड रुपैयाँ अन्तःशूल्क संकलन गर्ने लक्ष्य रहेकोमा ४४ अर्ब ९० करोड संकलन भएको छ ।शिक्षा सेवा शूल्कतर्फ ५२ करोड राजश्व संलकन गर्ने लक्ष्य रहेकोमा ७८ करोड संकलन  भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस