• २०८१ साउन ४ गते शुक्रवार

यातायात व्यवस्था कार्यालय, पर्सामा २ जना घुस रकम सहित नियन्त्रणमा लिइएको

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १३, काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, वीरगञ्ज, पर्सामा लेखापढीको काम गर्ने बिचौलिया रोशन कुमार रौनियार र सुनिल यादवलाई घुस रकम सहित नियन्त्रणमा लिइएको छ ।

एस्क्याभेटरको लाइसेन्स बनाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा मकवानपुरबाट खटिइ गएको टोलीले उनिहरुलाई ३१,००० घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । उनिहरुलाई वीरगञ्ज महानगरपालिका वडा नंं १३ स्थित शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस