• २०८० असोज ६ गते शनिवार

जनकपुरमा २ जना घुस रकम सहित नियन्त्रणमा

पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, धनुषा । जनकपुरमा वरिष्ठ पशु विकास अधिकृत डा.राम गुलाम यादव र पशु प्रा. जागेश्वर चौधरी सहित २ जना घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत उनिहरुले सम्पन्न भई सकेको कार्यको भुक्तानी आदेश बापत विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेका थिए । सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिई गएको टोलीले डा. राम गुलाम यादव र पशु प्रा. जागेश्वर चौधरीलाई सेवाग्राहीसँग रू.४०,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा जनकपुर उप नगरपालिका ४, विसाहाराबाट नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस