चैत १२, काठमाडौं । एक साता अघि इटाली बाट भित्रिएको नयनँ ब्रुमरले आजदेखि काठमाडौं महानगरपालिकाको सडक सफा गर्नेछ ।
नयाँ ब्रुमर (यान्त्रिक कुचो) पहिलोपटक रत्नपार्कमा प्रयोग गरिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।प्रस्तावित विभिन्न ५ वटा रुटमा प्रयोग गर्ने गरी मेयर विद्यासुन्दर शाक्यले ब्रुमरको उद्घााटन गर्न लागेका हुन् । महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ ।
टेकुलाई केन्द्र बनाई ५ वटा रुटमा रिंगरोडभित्र सफाईको काम गर्नेछ । ५ वटा ब्रुमरमध्ये चार वटा १६ टन क्षमताको र अर्को एउटा ६ टन क्षमताको छ । ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुन् । यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ । नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।
कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपास, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामार्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।