चैत १२, काठमाडौं । मानब बेचबिखन तथा ओसारपसार मुद्धामा फरार रहेका प्रतिवादी काठमाडौं कलंकी बस्ने मकवानपुर मनुवागढी नगरपालिका-३ घर भएका ३६ वर्षीया रबिना मोक्तान र मकवानपुर हेटौंडा बस्तिपुर घर भएका ४० वर्षीय रबी रुम्बालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कन्चनपुरको पत्र अनुसार मानब बेचबिखन तथा ओसारपसा मुद्धामा फरार रहेका उनीहरुलाई खोजी गर्ने क्रममा महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १४ कलंकीबाट फेला पारी पक्राउ गरेको हो ।