चैत १२, काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको ना ३ ख १४४४ नम्बर बस दुर्घटनामा परेको छ ।
यात्रुवाहक बस आज बिहान ६ः३० बजे चाल्नाखेल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा ३५ जना घाइते भएका छन् । जसमध्ये ३ को अवस्था गम्भीर छ । घाइतेहरूलाई मनमोहन, वयोधा अस्पताल र ट्रमा सेन्टर पठाइएको छ ।
बस घुम्ती सडकमै पल्टिएको छ । सडकमै पल्टिए पनि सवारी आवागमनमा भने बाधा नपुगेको साथै दुर्घटना के कति कारण भएको हो खुल्न सकेको छैन भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ ।