
फागुन १४ काठमाण्डौ । तारकेश्वर नगरपालिका वडा नं ८ डाडागाँउबाट बालक बेपत्ता भएका छन् ।
मकवानपुर ६ थाहा स्थायी ठेगाना भई हाल तारकेश्वर–८ डाडागाँउमा बस्ने वर्ष ११ का युकेश नेगी बेपत्ता भएका हुन् ।
आइतबार बेलुकी ४ बजे साथीको घरमा जान्छु भनि घर बाट निस्किएको र त्यस लगतै परिवार संग सम्पर्क बिहिन भएको बेपत्ता बालकका बुवा सुकदेव नेगीले बताए ।३ दिन बित्न लाग्दा पनि सम्पर्कमा नआउदा मंगलबार (आज) महानगरीय प्रहरी वृत्त बालाजुमा खोजविनको लागि बेपत्ता बालकका बुवा सुकदेव नेगीले निवेदन दिएका छन् ।
युकेश नेगीलाई भुट्नु हुने मानुभावले नजिक को प्रहरी कार्यालय वा बुवा सुकदेव नेगीको ९८६१८७९०९६ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् भने खोजि कार्य तिब्र पारिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।