- पंखबहादुर शाही
फागुन १४,दैलेख । सिँजा राज्यको गृष्मकालिन राजधानी दुल्लू पर्यटकिय क्षेत्रको विकासमा फड्को मार्दै छ । यहाँ दैनिकरुपमा आन्तरिक तथा वाह्य पर्यटकहरु आउने क्रम बढ्दो गतीमा छ । दुल्लू क्षेत्रका ऐतिहासिक सम्पदाको अवलोकन गर्नको लागि यहाँ पर्यटकको आगमन हुने गर्दछ ।

दुल्लु नगरपालिका वडा नं. ८ पिपलघारी स्थित फागुन १३ गते परेको पानीका कारण सडकको अबस्था वेहाल । दिनहुँ सयौँ सवारी साधन ओहोर दाहोर गर्ने उक्त सडक दुल्लुको प्रमुख सडक हो । तस्वीर: पंखबहादुर शाही
पर्यटक मात्र नभई यहाँ रिटोलिङका समान बेच्नको लागि दैलेख,सुर्खेत र नेपालगञ्जका साना तथा ठुला सवारी साधन दैनिक रुपमा आइरहेका हुन्छन् । ‘यहाँ करिव ६० भन्दा बढी अटो सञ्चालनमा छन्’ । तर, साँघुरो सडकले दुल्लु बजार क्षेत्रमा दैनीक रुपमा आवतजावत गर्ने यात्रुहरुले निकै सास्ती खेप्नुपरेको छ। ‘स्मार्ट सिटी’को अवधारणा संगै यहाँका मान्छेहरुले लाखाँका पक्की घरहरु निर्माण गर्न थालेपछि , निमार्ण सामाग्री सडकमै लथालिङ्ग ,मनपरी सडक छेउछाउमा राखिरहेको छन् । यसरी मनपरीले गर्दा दुर्घटना हुने सम्भावना एकदमै देखिन्छ ।
कच्चि सडक , तेसैमा साँघुरो,सवारी साधनको चाप बड्दो अबस्थामा छ । सवारी साधन बढ्दो हुँदा हुँदै घर धनी , यहाँका व्यापारीहरुको सडकमा मनपरि हेलचक्राई हुँदा स्थानीय सरकार भने नगरमा घाम तापिरहेको छ ।‘सडकबारे वेखबर छ ,पर्यटन सुचना केन्द्र दुल्लुका प्रमुख निरक शाहीले भने नगरपालिकाले भने यसरी सामाग्री नराख्न आग्रह गरेको तर व्यापारीले अटेर गरेका दावी गरेको छ । नगरपालिकाले सुचना मात्र निकाल्ने आवश्यक कार्बाही गर्न नसक्दा यहाँका व्यापारीको मनमर्जि चलिरहेको स्थानीयबासि यात्रुको गुनासो छ ।
व्यापारीको मनपरिले गर्दा वाह्य पर्यटकले नराम्रो भन्देश लैजाने हुँनकी भन्ने चिन्ता लागेको बताउँछन् ,’ पर्यटन सुचना केन्द्र दुल्लूका अर्का सहायक कर्मचारी भक्त बहादुर सार्कि,‘ उनले भने ’,दुल्लूमा स्थापना भएको दुल्लू सांस्कृतिक संग्राहलय अवलोकन गर्न आउने आन्तरिक तथा वाह्य पर्यटकको सँख्या ह्वात्तै बढ्को छ । पर्यटकीय हव बनाउँनको लागि दुल्लु नगरपालिकाले सडकको विकास र फराकिलो सडक बनाउँनु पर्छ ।‘सडक बाह्रै महिना राम्रो सञ्चालन गर्न सके पर्यटकको घुईचो लाग्ने स्थानीय बुद्धिजीविको भनाइ छ’ ।
नगरपालिकाले अहिले ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्न ,प्रचार-प्रसार गर्न लागेको नगर प्रमुख घनश्याम भण्डारीले बताए । उनले भने,’ ‘सिँजा राज्यको गृष्मकालिन राजधानी दुल्लूको संस्कृति , भेषभुषा , यहाँको रितिरीवाज संरक्षण गर्नको लागि काजि जसपाउको पालामा बनेको पौवा घरमा दुल्लू सांस्कृतिक संग्राहालय स्थापना गर्नु नगरपालिकाको उल्लेखनीय काम हो ।’
“नेपाली भाषाको पहिलो शिलालेख कृर्तिखम्ब, यहाँका देवल , शिलालेख , पाथरनाउली जस्ता सम्पदाहरु संरक्षण गर्नु नगरपालिकाको जिम्मेवारी भएको बताउँदै भण्डारीले थपे , डुंङ्गेश्वर—पिपलकोट सडकखण्डलाई पिचको लागि आवश्यक प्रक्रिया सुरु भएकोले ठेकेदारलाई छिटो ‘कालोपत्रे काम सुरु गर्नको लागि निर्देशन दिएको छौँ ”।
नगरपालिका सम्म पुग्नको लागि चारैरिबाट सडकको काम भईरहेको उप—प्रमुख बिष्णु थापाले बताईन् ।उनले ,बार्तडी —शान्तीजार सडक , कृर्तिखम्ब— पिपलघारी, रातीमाटा —नाविस्थान , छिउडी —कालभैरव हुँदै चुप्रा सडकको स्तरोन्नती र ग्रावेलको नगरपालिकाको टेण्डर मार्फत काम सुरु गरेको बताइन् ।
यी सडकको काम तिव्रगतिमा भईरहेकोले अबको केही समयमानै सडकको अबस्थामा बृद्धी आउँने नगरपालिकाले जानकारी दियो ।‘बजार क्षेत्रमा जथाभावी रुपमा राखिएका निर्माण सामग्री हटाउन किन नसकेको भन्ने प्रश्नमा नगरपालिकाले आवश्यक कानुन बनिरहेकोले छिट्टै सुचना प्रकाशित गरी अटेट गर्नलाई कानुनी कार्बाही गरिने बतायो। हिउँदमा हिलाम्मे र बर्षातमा हिलाम्मे हुँदा यहाँको पर्यटन प्रवद्धनमा निकै समस्या आउँने देखिन्छ ।