• २०८१ चैत्र २ गते आइतवार

भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस

पढ्न लाग्ने समय : १ मिनेट

भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस

फागुन १४, विरगञ्ज । आतंकवाद र आतंकवादीलाई संरक्षण दिने राष्ट्र मुर्दावाद भन्ने नाराका साथ मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस निकालेका छन ।

भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस निकालिएको छ ।

राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको र आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको  सन्देश दिन मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको बताए ।

वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडीअर्वा हुदै पुन घण्टाघरचोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस