• २०८० असोज ११ गते बिहिवार

महानायक राजेश हमालद्वारा २ करोडको जग्गा दान

पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं: नायक राजेश हमालले २ करोड मुल्य बराबरको जग्गा दान गरेका छन्। कलाकार राजेश हमालले ६० वर्षअघि देखि नवलपरासी स्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् ।

हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन्। भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी कमिनीलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।

६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन । आफनो घरपरिवारको हेर्चाहमा संलग्न ती परिवारले हमालकै जग्गामा घर बनाएर आश्रय दिइएको थियो । पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि आफुले उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेको महानायक हमालले बताउनुभयो ।

महानायक राजेश हमालले नवलपरासीस्थित आफ्नो पुख्र्यौली सम्पत्तिमध्ये २ करोड मूल्य बराबरको जग्गा घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई प्रदान गरेका छन्। तीन पुस्तादेखि घेरूलु काममा सहयोग गर्नेहरुलाई उनले जग्गा प्रदान गरेका हुन्। ‘पुर्खौं देखि सहयोग गर्दै आएका विपन्न परिवार घरबार बिहीन भएको थाहा पाएपछि उनीहरुको बसोबासका लागि जग्गा प्रदान गरेको हो’, राजेश हमालले भने।

प्रतिक्रिया दिनुहोस