• २०८१ माघ ८ गते मङ्गलवार

अष्ट्रेलियामा अलपत्र विद्यार्थीको उद्धारको नाममा करोडौको चलखेल सुरु, उच्च ओहोदाका व्यक्तिको संलग्नता रहेको खुलासा

पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुन,काठमाडौँ । अष्ट्रेलियामा अलपत्र परेका विद्यार्थीहरुलाई अर्को विद्यालयमा ट्रान्सफर गर्ने नाममा लाखौको चलखेल सुरु भएको छ ।आन्तरिक स्रोतले दिएको जानकारी अनुसार उक्त कामको लागि बैदेशिक शिक्षाको क्षेत्रमा काम गर्ने नेपाली ठुला कन्सलटेन्सी र अष्ट्रेलियामै रहेर काम गरिरहेका कन्सलटेन्सीका केहि मालिकहरु रहेका छन् ।

आर्थिक चलखेल गर्न हायात होटलमा बसेको अधिकारीहरुको बैठकले प्रति विद्यार्थीहको मुल्य रु तिन लाख तोकेका छन् । जसमा सम्बन्धित निकायका कर्मचारी तथा सरकारी कर्मचारीहरुको समेत मिलोमतो रहेको छ ।

कन्सलटेन्सीहरुका नाममा अकुत सम्पत्ति कमाएर नपुगेपछि उनीहरुले यस्तो रणनिती सुरु गरेका हुन । यसले विद्यार्थीको भविष्य र अध्यायनको ग्यारेन्टिका कुराहरुमा समेत चुनौति देखिन्छ ।

उनीहरुले पढेर क्रेडिट पाउने वा नपाउने विषयमा समेत अन्यौलता देखिन्छ । हजारौ विद्यार्थीहरुलाई अलपत्र पारेका ति कन्सलटेन्सीहरुले फेरी उच्च ओहोदाका कर्मचारीसंग मिलेर यस्तो षड्यन्त्र गरिरहेका छन् ।

यो भन्दा पहिले पनि बेलाबेलामा यस्ता समस्या सिर्जना भएपछि आन्तरिक रुपमै रुपमै करोडौ चलखेल गर्दै आएका उनीहरुले यस्तो कार्य विगत लामो समयदेखि गर्दैआएका छन् । सुरुवातमा विद्यार्थीहरुसंर्गै मिलेर उनीहरुले आर्थिक मेलोमेसो मिलाउने गरेको समेत आन्तरिक स्रोतले खुलाएको छ ।

यतिबेला २०१८ जुलाईबाट विद्यार्थीहरुको समस्या सिर्जना भईरहेको भएपनि आन्तरिक रुपमा मिलाउन खोजीएको थियो । उनीहरुको डिल पुरा नहुन्जेल सम्म उच्च पदस्थ व्यक्तिहरुले काम नगर्ने प्रवृीत्तका कारण डिल पुरा भएन । यो समस्या सबै विद्यार्थीहरुका माझमा पुगेपछि अहिले सुरुवातको भन्दा महंगो डिल सुरु भएको छ।

यि तत्वहरुले एकातिर कलेज भाँड्ने विद्यार्थीलाई आतंकित पार्ने कलेजहरु र सम्बन्धि निकायसंग करोडौको डिल गर्ने गरेको रहस्य समेत बाहिरिएको छ । अहिले पनि प्रति विद्यार्थी बराबर ३ लाखका दरले नौ सय विद्यार्थी बराबर करोडौ रुपैयाको चलखेल सुरु भएको छ ।
उनीहरुले फेरी अष्ट्रेलियन सरकारको नियम विपरित कामहरु गर्दै आएका छन् ।

अष्ट्रेलियन सरकारको नियम अनुसार सरकारले विद्यार्थीले आयल्सनमा सेभेन अंक ल्याएकै हुनुपर्छ । यदि त्यो भएन भने उनीहरुलाई सोहि अनुसारको कलेजमा व्यवस्था गर्नुपर्ने हुन्छ । अष्ट्रेलियन सरकारको नियम अनुसार कलास निरन्तर हुनुपर्ने हुन्छ ।

अहिले विद्यार्थीहरुको यहि समस्यालाई एक ईस्यु बनाएर भिर माहुरीको गोलो टुटेझै गरि लागिपरेका सम्पत्ति मोहका ब्वाँसाहरुले गिद्धे नजर सुधार गर्न नसक्दा विद्यार्थीहरुको भविष्य अष्ट्रेलियामा पुगेर अन्याैतामा फस्दै गएको हो । onlinepana बाट साभार

प्रतिक्रिया दिनुहोस